आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको कति?

By खबरहब

October 13, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको छ ।