मनाइँदै विश्व दृष्टि दिवस  « Khabarhub

मनाइँदै विश्व दृष्टि दिवस 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज अक्टोबर १३ अर्थात् विश्व दृष्टि दिवस। ‘आँखालाई माया गरौँ’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउन तथा आँखा उपचारको क्षेत्रमा पहुँच अभिवृद्धि गर्नका लागि सन् १९९८ देखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन (आइएपिबी)ले संयुक्त रुपमा यो दिवस मनाउन थालेको हो।

नेपालमा हाल १ लाख २० हजार जनामा अन्धोपनको समस्या रहेको छ। अन्धोपनको प्रमुख कारणमा मोतीयाविन्दुको हिस्सा ६५ प्रतिशत रहेको छ। नेपालमा अन्धोपनको दर सन् १९८१ मा ०.८४ प्रतिशत रहेकोमा सन् २०११ सम्म आइपुग्दा ०.३५ प्रतिशतमा झरेको छ।

नेपालमा सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी देखिए पनि जनसंख्या र जेष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टि दोषको समस्या त्यति फरक परेको देखिएको छैन। नेपालमा हाल करिब ५० हजार दृष्टिविहीन रहेको अनुमान छ।

संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरू दृष्टिदोष र दृष्टिविहीनताको समस्याबाट प्रभावित छन्। त्यसमध्ये ३ करोड ९० लाख मानिसमा अन्धोपनको समस्या छ भने १०० करोड मानिसमा आँखाको उपचारको पहुँच पुग्न सकेको छैन। विश्वमा कुल दृष्टिविहिनमध्ये करिब ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन्।

संसारभर झन्डै २ अर्ब २० करोड मानिसहरूमा दृष्टिसम्बन्धी समस्या रहेको छ। झन्डै १ अर्ब मानिसहरू अहिले पनि आँखा सेवाबाट वञ्चित रहेका छन्।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १२ : २३ बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश