दाउन्ने सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

दाउन्ने सडक दुईतर्फी सञ्चालनमा


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कावासोती – पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ।

लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो। नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रातभरमा सडकलाई दुईतर्फी सञ्चालनमा आउने गरी तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पहाडतर्फको भागलाई खनेर बाटो चौडा बनाइएको प्रजिअ अधिकारीले बताए। पहिराका कारण विस्थापित भएका चार घरपरिवारलाई गाउँपालिकासँगको समन्वयमा आश्रयस्थलमा राखिएको घिमिरेले बताए।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १२ : २६ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका