नेपालले राष्ट्रसंघमा भन्यो – ‘रुस-युक्रेन युद्ध शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ’ « Khabarhub

नेपालले राष्ट्रसंघमा भन्यो – ‘रुस-युक्रेन युद्ध शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ’


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले युक्रेनको द्वन्द्व गहिरो चिन्ताको विषय भएको बताएको छ। संयुक्त राष्ट्रसंघको ११औं आपत्कालिन विशेष सत्रलाई सम्बोधन गर्दै अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाल स्थायी प्रतिनिधि तथा राजदूत अमृत राईले उक्त कुरा बताएका हुन्।

‘युक्रेनको द्वन्द्व गहिरो चिन्ताको विषय हो,’ नेपाली स्थायी प्रतिनिधि राईले भने, ‘सबै सदस्य राष्ट्रहरूले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमणका सिद्धान्तलाई कायम राख्दै शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्नुपर्छ।’

रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा राईले उक्त कुरा बताएका हुन्। राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको थियो।

११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो।

रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा उक्त प्रस्तावमाथि छलफल र मतदान गरिएको थियो।

महासभाले युक्रेनको डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूलाई रूसले गैरकानूनी रूपमा गाभ्ने प्रयासको निन्दा गरेको छ र युक्रेनको भूभागबाट आफ्ना सबै सैन्य बलहरू तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ।

महासभामा भएको उक्त निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो। मतदानमा नेपाल लगायत १४३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गर्दै युक्रेनलाई साथ दिएका थिए।

मतदानमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया गरी पाँच देशले प्रस्तवाको विपक्षमा मतदान गरेका थिए। बुधबार भएको मतदानमा नेपालका दुई ठूला छिमेकी भारत र चीनसहित ३५ राष्ट्र अनुपस्थित भएका थिए।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १२ : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा