ओलीप्रति आक्रामक रावल « Khabarhub

ओलीप्रति आक्रामक रावल


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् ।

रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले आक्रोश व्यक्त गरे। नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो आलोचना गरे ।

रावलले होलीवाइनको कार्यक्रम आयोजना गर्ने एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीमा राखेको, एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाउने, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको तथा पूर्वपञ्चलाई मकवानपुर १ मा सिट छाडेको भन्दै ओलीको कडा आलोचना गरे ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ५० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले