सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग « Khabarhub

सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकार समक्ष स्थानीयले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।

उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७४ को दफा ३२ को ९१० बमोजिम जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४ ६  र ७, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।’ बाढी पहिरोले जुम्लामा एक हजार ६ सय ७५ जना विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्चजोखिम, सात सय २६ घर आंशिक क्षति भएका छन् । जिल्ला प्रशासनका अनुसार जुम्लामा १० भन्दा बाढीको पहिरोमा परी मृत्यु भएको र एक बेपत्ता छन् ।  

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ । १९ असोज देखि परेको अविरल वर्षा र बाढीले अहिलेसम्म कर्णाली राजमार्ग अवरुद्ध छ । 

जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक सुचारु गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ठाउँठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र सफाइ भइरहेको स्थानीय तहहरूले जनाएका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेकोमा बताए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्लाखलढुंगा लगायतका गाउँमा बढीपहिरो आएर विस्थापित भएको जानकारी दिए  ।  

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ३ : २० बजे

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं– काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको