सप्तरीमा नमूना मतदान « Khabarhub

सप्तरीमा नमूना मतदान


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा आज नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत राजविराजमा कार्यक्रम गरिएको बताए । उनले बदर मत कम गर्न र मतदानको महत्व बुझाउन प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएर सहभागीलाई गाउँघरमा सचेतना फैलाउन निर्देशन दिइएको बताए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन, मतपत्र पट्याउन र मतपेटिकामा मत खसाल्न सिकाइएको थियो ।

प्रत्येक मतदाताले चारवटा मतपत्रमा आफूले रुचाएको उम्मेदवार र दललाई मत खसाउन सिकेको सहभागी खडक नगरपालिका-६ की नन्दनी चौधरीले बताए । पहिलो हुने निर्वाचित हुनेतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र गरी चारवटा मतपत्रमा एक-एकवटा चुनाव चिह्नमा मतदान गर्नुपर्ने कुरा सिकेको कञ्चनरुप नगरपालिका-५ का विवेक विकले जानकारी दिए ।

सहजकर्ता सविन बुढाथोकीले प्रतिनिधिसभा र प्रदेशसभाको गठन, मतदानको महत्व, मनोनयन, मतदान र मतगणना प्रक्रिया, सदर र बदर मतका बारेमा प्रशिक्षण दिए । प्रशिक्षणपश्चात प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गराइएको हो ।

नमूना मतदानमा सहभागी ४० जनामध्ये पहिलो हुने निर्वाचित हुने मतदानमा तीन जनाको मत बदर भएको र समानुपातिकमा शतप्रतिशत मत सदर भएको स्थानीय परिचालक रोशन चौधरीले जानकारी दिए । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ४ : ३७ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय