कुमाले समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याइ « Khabarhub

कुमाले समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याइ


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो । यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँतालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन ।

‘तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ’, वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३८ वर्षका विनोदकुमार प्रजापतिले भने।

वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उनले यो मौकालाई गुम्न नदिन स-परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको सुनाए । माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए। उनले पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारका पालाको माग बढेकाले मागअनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताए ।

माटोका भाँडा बनाउँदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पुर्‍याउन जान भ्याइनभ्याइ भएको देखिन्छ ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एकछिन हात खाली छैन । बाजेबराजुका पालादेखि माटोका भाँडा बनाउँदै आएको उनको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन् । उनले भने, ‘यस वर्ष पालाको माग धेरै छ, तिहार नजिक आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्नुपर्छ भ्याउनै मुस्किल छ ।’

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको उनको भनाइ छ । उनले भने, ‘माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो, माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको आठ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेशा नै संकटमा पर्ने अवस्था आएको छ ।’

भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रुजेन प्रजापतिले बताए।

विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्ने जनाइएको छ । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । भक्तपुरमा यसको माग बढेको पुर्खौँदेखि कुमाले पेशामा लाग्दै आएका बलराम प्रजापतिले सुनाए ।

काठमाडौँ उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखौँ पालालगायतका सामग्रीको माग आएपछि सो समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त रहेका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ  ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ४ : ४५ बजे

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक

११ औं महाधिवेशनको तयारीः मंसिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि