घनश्यामले राजनीतिक अपराध गरे : छविलाल विश्वकर्मा « Khabarhub

घनश्यामले राजनीतिक अपराध गरे : छविलाल विश्वकर्मा


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पूर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले, राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको विपक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र अदालत धाउनु राजनीतिक अपराध भएको बताए । 

‘जनताले पाँच वर्ष सरकार चलाउन दिएको आफ्नो पार्टीले पाएको जनमतलाई कुल्चेर २३ सिटमा थन्किएको कांग्रेसलाई सत्ता सुम्पिने काम संसदीय राजनीतिमा अपराध हो,’ विश्वकर्माले भने, ‘सरकार पाँच वर्ष टिक्न नदिएर अस्थिरता ल्याउनेको हिसाब चुनावमा जनताले खोज्नेछन् ।’

रुपन्देही-१ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र वाम उम्मेदवार बनेका आफ्नै प्रतिस्पर्धी भुसाललाई लक्षित गर्दै उनले सत्ता गठबन्धनले उम्मेदवार नपाएको र स्वतन्त्रको दुकान नचल्ने बताए । ‘पार्टीकै हुँदा त मतदाता कार्यकर्ताले फेला पारिएन भन्थे, अहिले त फेद न पुच्छर कहाँ खोज्ने ?,’ विश्वकर्माले भने, ‘स्वतन्त्रको दोकान चल्नेवाला छैन। न बिरुवा बन्छ, न फल नै लाग्छ ।’

दलहरूमा कमी कमजोरी भए सुधार्न सकिने तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने विश्वकर्माको भनाई छ । सत्ता गठबन्धन राष्ट्रियता र जनजीविकाका सवालमा गैर जिम्मेवार भएको र प्रतिपक्षी दलविरुद्ध गठबन्धन गरेकाले एमालेले पनि राप्रपा र जसपासँग तालमेल गर्नुपरेको उनले बताए ।

एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले घनश्याम भुसालले पार्टीविरुद्ध पटक पटक बेइमानी गरेको आरोप लगाए । टिकट नपाएपछि रातारात पार्टी छाड्नु धोकेबाज र अवसरवादी भएको भन्दै उनलाई जनताले विश्वास नगर्ने सुवेदीले दाबी गरे । ‘घनश्यामजीले पार्टीविरुद्ध तीनपटक बेइमानी गर्नुभएको छ, कहिले माले बनाउनुभयो, कहिले माधव नेपाललाई पार्टी विभाजनमा उक्साउनुभयो अहिले सत्ता गठबन्धनको इशारामा पार्टीलाई धोका दिनुभयो,’ सुवेदीले भने ।  

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार एमालेका दधिराम न्यौपाने र राप्रपाका आशिसकुमार चौधरीले रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै क्षेत्रमा एमाले–राप्रपा–जसपा गठबन्धनले १५ देखि २० हजार मतान्तरले जित्ने बताए । 

कार्यक्रममा राप्रपा सहायक महामन्त्री ताहिर खली भाट, प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, एमाले क्षेत्रीय संयोजक वेद गिरी, सचिव युवराज न्यौपाने लगायतले सत्ता गठबन्धनले देशलाई सिक्किमीकरणको बाटोमा लगेकाले एमालेसँग तालमेल गर्नुपरेको बताए । कार्यक्रममा तीन दलले एमाले नेता डा. कृष्ण न्यौपानेको संयोजकत्वमा तीन हजार १३१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएका छन् ।  

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ६ : ०८ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप