नक्कली चिकित्सक पक्राउ « Khabarhub

नक्कली चिकित्सक पक्राउ


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका-१ का २२ वर्षीय डिल बहादुर महतारा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक हुन् ।

वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् ।  महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव अनुसार उनी राजी भइन । तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए । ति महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

महतारालाई पक्राउ गरेर उनीमाथि प्रहरीले अनुसन्धान उनले आफू चिकित्सक नभएको स्वीकारेका छन् । उनीमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ०९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका