फाइल फोटो

देश/प्रदेश

शिक्षण अस्पतालप्रति राष्ट्रपतिद्वारा आभार प्रकट

By खबरहब

October 13, 2022

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गरेकी छन् ।

आज ट्वीट गर्दै उनले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराएकी थिइन ।