मधेस प्रदेशविरुद्ध बागमतीको सानदार जित « Khabarhub

मधेस प्रदेशविरुद्ध बागमतीको सानदार जित


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे।

खेलको ३९औँ मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफमा मधेस प्रदेशले बागमतीलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।

आजको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : १२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ