मधेस प्रदेशविरुद्ध बागमतीको सानदार जित « Khabarhub

मधेस प्रदेशविरुद्ध बागमतीको सानदार जित


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे।

खेलको ३९औँ मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफमा मधेस प्रदेशले बागमतीलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।

आजको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : १२ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको