नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो ।

फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदक पाए । यही असोज २४ देखि जारी फेन्सिङ खेलको हालसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ ।

हालसम्म बागमतीले चार स्वर्ण र दुई रजतसहित छ कास्यपदक जितेको छ । विभागीय टोली आर्मीले तीन स्वर्ण, पाँच रजत र सात कास्यसहित १५ पदक जितेर बागमतीलाई पछ्याइरको छ ।

यसैगरी एपिएफ दुई स्वर्ण, तीन रजत र छ कास्यपदकसहित ११ पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्यसहित तीन पदक र प्रदेश नं १ ले तीन कास्यसहित पाँचौँ र आयोजक गण्डकी प्रदेशले दुई पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुदको शुक्रबार औपचारिक शुभारम्भअगावै केही खेल असोज २३ देखि पोखरामा जारी छन् । समय अभाव र पूर्वाधार अपुग भएपछि केही खेललाई अघि सारेर प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : २५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा