बैंकिङ कसुर मुद्दाका फरार दुई अभियुक्त पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार दुई अभियुक्त पक्राउ


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौँ महानगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई आज दिउँसो पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।

यसैगरी बैंकिङ कसुर मुद्दामा रु दुई लाख आठ हजार जरिवाना र एक दिन कैद सजाया भएका कास्कीका मादी गाउँपालिका– ७ घर भई काठमाडौँको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत आजै पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले आज बालाजु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : ३१ बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि