यूरोपमा शरणार्थीको चाप पुनः बढ्दो | Khabarhub Khabarhub

यूरोपमा शरणार्थीको चाप पुनः बढ्दो


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्सा – सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली सङ्घमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको सङ्ख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार जनाएको छ ।

इयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश गरेको भेटिएको छ । यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार ३९६ जना प्रवेश गरेका थिए । यो सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो ।

फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका आप्रवासीहरूले पटक–पटक सीमा पार गर्ने प्रयास गरेका कारण अवैध सीमा पार गर्नेको सङ्ख्या बढेको हो ।’

प्रवेश गर्नेको दोस्रो ठूलो सङ्ख्या मध्य भूमध्यसागरीय मार्ग हुँदै आउनेको रहेको छ । यस नाकाबाट ५६ हजार ६७२ व्यक्ति प्रवेश गरेका थिए । यो सङ्ख्या गत वर्षको पहिलो नौ महिनाको तुलनामा ४२ प्रतिशत बढी हो ।

बाल्कन क्षेत्र हुँदै युरोपेली सङ्घमा प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये मुख्यतया सिरियाली, अफगानी र टर्कीका नागरिकहरू थिए ।

मध्य भूमध्यसागर हुँदै प्रवेश गर्नेमा अधिकांश ट्युनिसियाली, इजिप्टियाली र बङ्गलादेशी थिए ।

एजेन्सीका अनुसार सन् २०२२ मा सामुद्रिक मार्गमा भेटिएका आप्रवासीको सङ्ख्या ५२ हजार ७०० रहेको छ । यो सङ्ख्या सन् २०२१ मा झण्डै ५२ हजार मात्र थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : ०५ बजे

नारायणी पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

चितवन– नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको

प्रचण्डको गुनासो- सरकारले कर्णालीमाथि अपमान गर्‍यो

सुर्खेत–  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

चौकीडाँडा-कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन– चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि

जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी : मुहम्मद युनुस

ढाका– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य

भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

नयाँदिल्ली– भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ  राज्यमा आइतबार राति बस र