भारतलाई १० विकेटले हराएका टिमको फाइनल | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

भारतलाई १० विकेटले हराएका टिमको फाइनल

वर्षा बाधक बन्न सक्ने मेलवर्नमा लक्ष्य पछ्याउनेले उपाधि जित्ने अनुमान !


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । मेलवर्न क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन् ।

यो फाइनल सन् १९९२ को ‘रिक्याप’ हुनेछ । जहाँ यो खेलको फाइनलसम्म दुवै टिममा खासगरि पाकिस्तानी टिममा धेरै संयोग मिलेका छन् । समूह चरणमा दुई खेल हार्नु, अन्तिम खेलबाट सेमिफाइनलको टुंगो लाग्नु, सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउनु र फाइनलमा इंग्ल्याण्ड नै आउनुले सन् १९९२ को विश्वकपकै झल्को दिइरहेको छ ।

त्यो एकदिवसीय विश्वकप पाकिस्तानका प्रधानमन्त्रीसमेत भएका पूर्वकप्तान इमरान खानले जितेका थिए । यो विश्वकप बाबर अजामले जित्ने र उनी भविष्यमा पाकिस्तानको प्रधानमन्त्री हुने चर्चा र आँकलन सामाजिक सञ्जालमा प्रशस्त भइरहेका छन् ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तान सुनिल गावास्करले नै ‘विश्वकप जिते बाबर अजाम पाकिस्तानको प्रधानमन्त्री बन्ने’ टिप्पणी गरिसकेका छन् । भारतीय क्रिकेट जिलेन्डहरुबाट पाकिस्तानी टिमको चर्चा र प्रशंसा भइरहेको छ ।

उनीहरुले निकै खराब सुरुवात गर्दा पनि बाबरले टिमलाई फाइनल पुर्याउनुमा ठूलो योगदान र सफलता रहेको बताइरहेका छन् । जुन भारतीय टिमका कप्तान रोहित शर्माले गर्नै सकेनन् । जबकी दुवै कप्तान आफ्नो फर्ममा थिएनन् । पाकिस्तानीभन्दा भारतीय टिमका खेलाडीले अब्बल प्रदर्शन गरेका पनि थिए ।

भारत प्रतियोगिताबाट बाहिरिसकेको छ । तर उसको चर्चा र खराब प्रदर्शनको टिप्पणी रोकिएको छैन । यो विश्वकप ३० वर्षपछि पाकिस्तान र इंग्ल्याण्डबीचको ‘रिक्याप’का रुपमा भन्दा बढी भारतलाई हराएकोमा केन्द्रित छ ।

गएको विश्वकप अर्थात एक वर्षअघि पहिलो खेलमै पाकिस्तानले दुबईमा भारतलाई १० विकेटले हराएको थियो । ठीक त्यसैगरि अष्ट्रेलिया विश्वकपमा इंग्ल्याण्डले भारतलाई सेमिफाइनलमा १० विकेटले नै हरायो ।

अहिले पाकिस्तानी दिग्गज क्रिकेटरले भारतीय क्रिक्रेटर र लिजेन्डलाई जिस्क्याउँदै भारतीय टिमलाई १० विकेटले हराएर शानदार जित निकाल्ने टिमबीचको फाइनलका रुपमा हेरिरहेका छन् । अर्थात विश्व क्रिकेटकै पावरहाउस भारतलाई १० विकेटले हराउनु सानो कूरा होइन ।

जबकी भारतले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको थियो । यो फाइनल केही संयोग, केही रोचकता र प्रदर्शनभन्दा बढी सनसनीपूर्ण नतिजाले घेरिएको छ । पाकिस्तानले सुरुका दुई खेल गुमाएको थियो । दक्षिण अफ्रिका हार्दा मात्रै पाकिस्तान समूह उपविजेता भएर फाइनल पुगेको हो । समूह विजेता भारत थियो ।

समूह १ मा रहेको इंग्ल्याण्ड पनि समूह उपविजेता हो । समान अंक भएपनि रनरेटका आधारमा इंग्ल्याण्ड अष्ट्रेलियालाई पछि पार्दै सेमिफाइनल पुगेको थियो । तर दुवै समूहका उपविजेताले समूह विजेतालाई हराउँदै फाइनलमा स्थान बनाएका छन् ।

त्यो पनि विश्वकप जित्ने दाबी गरिएका टिमलाई सहजै र फराकिलो अन्तरले हराउँदै फाइनल पुगेका टिम इंग्ल्याण्ड र पाकिस्तान हुन् । यसले पनि यो विश्वकप विशेष रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कुन टिम कति बलियो ?

जारी विश्वकपमा सनसनीपूर्ण प्रदर्शन र टिमका खेलाडीको अब्बल प्रदर्शन हेर्ने हो भने इंग्ल्याण्ड माथि देखिन्छ । जसले हालै मात्र भारतलाई त्यो सेमिफाइनलमा १० विकेटले हरायो । यसले इंग्लिस टिममा ठूलो आत्मविश्वास भरेको छ ।

र, उनीहरु फाइनल जित्न सक्षम छन् । टिमलाई परेको खण्डमा कीर्तिमानी ब्याटिङ गर्ने एलेक्स हेल्स सबैभन्दा खतरानाक मानिएका छन् । यदि उनलाई पाकिस्तानी बलरले रोक्न नसक्ने हो भने फाइनल इंंग्ल्याण्डले जित्ने कुरामा शंका छैन ।

त्यससँगसँगै जोश बटलर पनि फर्ममा फर्किएका छन् । समूह चरणमा खासै राम्रो प्रदर्शन गर्न नसकेका श्रीलंकाको खेलपछि सेमिफाइनलबाट पूर्ण रुपमा उत्कृष्ट लयमा छन् । त्यस्तै लक्ष्य पछ्याउने क्रममा कीर्तिमानी र टिमलाई जिताइछाड्ने बेन स्टोक्स पनि एक महत्वपूर्ण खेलाडी छन् । जसले श्रीलंकाविरुद्ध उत्कृष्ट खेलेका थिए ।

सन् २०१९ को विश्वकप इंग्ल्याण्डले जित्नुमा पूरा क्रेडिट स्टोक्सलाई जान्छ । जसले विश्वकप फाइनलमा सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

यस्तै साम कुरान, मोइन अलि जस्ता अलराउण्डरले पनि इंग्लिस टिममा ठूलो फरक ल्याउन सक्छन् । यस्तै चोटका कारण सेमिफाइनल गुमाएका इंग्ल्याण्डका नं. ३ ब्याटर डेभिड मालन टिममा फर्किएका छन् । उनले फाइनल खेल्ने अपेक्षा गरिएको छ ।

अष्ट्रेलियाको भूमिमा जितको आँकडा हेर्दा पनि इंग्लिस टिमलाई सहज हुन सक्छ । जहाँ उसले अष्ट्रेलियासँग धेरै क्रिकेट सिरिज खेलेको छ ।

फाइनल पुगेको टिम भएकाले पाकिस्तान पनि कमजोर छैन । भाग्यले साथ दिएको पाकिस्तानका ओपनर ब्याटर पनि राम्रो फर्ममा फर्किएका छन् । कप्तान बाबर अजामले सेमिफाइनलमा अर्धशतक बनाएका थिए । मोहम्मद रिजवान पनि फर्ममै छन् ।

पाकिस्तानी क्रिकेटका दुई पिल्लर फर्ममा फर्किदा तीव्र गतिका बलर शहिन अफ्रिदी पनि विकेट लिन थालेका छन् । सेमिफाइनल उनले ओपनर एलन फान र कप्तान केन विलियम्सनलाई आउट गरेका थिए । दुवै शीर्ष वरियताका ब्याटरलाई आउट गरेपछि पाकिस्तानी टिम सेमिफाइनल पुग्न सक्षम भएको हो ।

उनले इंग्ल्याण्डका शीर्ष वरियताका ब्याटरलाई रोक्ने र आउट गर्ने अनुमान गरिएको छ । बाया हाते बलर अफ्रिदी विश्व क्रिकेटमा निकै तीव्र गतिमा बलिङ गर्न सक्षम मानिन्छन् । उनका साथै ह्यारिस रउफ, शादव खान, मोहम्मद नवाज र सन मसुद पनि टिमका लागि अविश्वसनीय प्रदर्शन गर्न सक्षम छन् ।

यसले मेलवर्नमा जसले पहिले फिल्डिङ गरेर कम योगफलमा पहिला ब्याटिङ गर्ने टिमलाई रोक्न सक्छ, उसले सहजै फाइनल जित्ने अनुमान गरिएको छ । अष्ट्रेलियाका प्राय मैदानमा धेरै रन बनाउन सकिन्छ । सोही कारण लक्ष्य पछ्याउँदै दोस्रोमा ब्याटिङ गर्नेले जित्ने अनुमान गर्न सकिन्छ ।

सेमिफाइनलका दुवै खेलमा लक्ष्य पछ्याउनेले नै सहजै जितेको उदाहरण हेर्दा पनि फाइनलमा सोही दृश्य दोहोरिने अनुमान गर्न गाह्रो छैन ।

हेड टू हेड : इंग्ल्याण्ड धेरै अगाडि

हेड टू हेडका आधारमा पाकिस्तानभन्दा इंग्ल्याण्ड धेरै अगाडि देखिएको छ । यी दुई टिमबीच अहिलेसम्म भएका २८ टी–ट्वान्टी खेलमा इंग्ल्याण्ड १७ खेलमा विजयी भएको छ भने ९ खेलमा पाकिस्तान विजयी भएको छ । एउटा खेलमा नतिजा निस्केको थिएन ।

यस्तै टी–ट्वान्टी विश्वकपमा यी दुई टिम दुई पटक एक अर्कासँग खेलेका छन् । दुवैपटक इंग्ल्याण्ड विजयी भएको थियो । पाकिस्तानले सन् २००९ मा टी–ट्वान्टी विश्वकप जितेको थियो । पहिलो विश्वकप सन् २००७ मा भने पाकिस्तान उपविजेता बनेको थियो । पहिलो विश्वकप धोनीको कप्तानीमा भारतले जितेको थियो ।

इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेको छ । सन् २०१६ मा भने इग्ल्याण्ड उपविजेता भएको थियो । भारतमै भएको यो विश्वकप सनसनीपूर्ण रुपमा वेष्ट इण्डिजले जितेको थियो ।

वर्षा बाधक बन्ने चिन्ता

अष्ट्रेलिया विश्वकपमा समूह चरणका धेरै खेलमा वर्षा बाधक बनेको थियो । भारतबाहेक धेरैजसो टिमले पूरा खेल खेल्न नसकेर अंक बाडेका थिए । केही टिमले अप्रत्याशित हार व्यहोरेका थिए । त्यसमध्येको एउटा टिम इंग्ल्याण्ड हो ।

लक्ष्य पछ्याउने क्रममा पानी परेपछि रनरेटमा पछि परेर इंग्ल्याण्डले आयरल्याण्डलाई जित सुम्पिनुपरेको थियो । अष्ट्रेलियाका मौमसविद्ले फाइनल खेल्ने दिन मेलवर्नमा पानी पर्ने सम्भावना औल्याएका छन् ।

अष्ट्रेलियाको बदलिदो मौसमअनुसार कम्तीमा एक हप्ताको पूर्वानुमान गर्न सकिने भएकाले फाइनलको दिन आइतबार १०० प्रतिशत नै पानी पर्ने अनुमान गरेका छन् ।

तर पानी कुन अनुपातमा पर्ने र खेल कुन स्तरमा प्रभावित पार्न सक्छ भन्ने एकिन छैन । हल्का वर्षाको सम्भावना भएकाले केही क्षण खेल रोकिने सक्ने, टस ढिलो हुन सक्ने वा खेल सुरु भएपछि पनि पानी परेर खेल प्रभावित हुने अनुमान गरिएको छ ।

त्यसबाहेक लगातार पानी परेर ओभर छोट्याउनुपर्ने वा डक वर्थ लुइस सिस्टमका आधारमा विजेता घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने पनि क्रिकेट पण्डितको विश्लेषण छ ।

यद्यपी मौसमको ग्यारेन्टी नहुने भएकाले कुनै कारणले वायु प्रभावित भएर पूरा खेल सहजै रुपमा हुन सक्ने पनि अनुमान गरिएको छ । तर विश्वभरका क्रिकेट प्रेमी फाइनल रोमाञ्चक होस् भन्ने चाहिरहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २४ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल