हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन « Khabarhub

हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो। लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढिरहेको बताए।

हाल गोदाममा तीन सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ। यस आर्थिक वर्षका लागि आठ हजार क्विन्टल खाद्यान्नमध्ये सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट दुई हजार क्विन्टल कोटा निर्धारण भएकामा यसको ढुवानीका लागि टेन्डर प्रक्रिया लामो भएका कारण हालसम्म सो खाद्यान्न ढुवानी हुन सकेको छैन। हवाई मार्गको खाद्यान्न ढुवानीका लागि खाद्य कम्पनीले दुई पटक टेन्डर निकाल्नुपरेको थियो।

खाद्य कम्पनीले पहिलो पटक टेन्डर निकाल्दा ढुवानी दर कम भएको भन्दै कुनै पनि ढुवानीकर्ताले आवेदन गरेनन्। यसमा नेपालगञ्जका लागि प्रतिकेजी १५० रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १४० रुपियाँ ढुवानी दर लाग्ने टेन्डर निकालिएको थियो। पुनः दोस्रो पटक सुर्खेतबाट प्रतिकेजी १५५ रुपियाँ र नेपालगञ्जबाट प्रतिकेजी १६० रुपियाँ टेन्डर निकालिएको थियो।

दोस्रो सूचनामा सुर्खेतको खाद्यान्न ढुवानी समिट एयरलाइन्स र नेपालगञ्जको खाद्यान्न तारा एयर छनोट भएको भए पनि सम्झौता हुन नसकेको अधिकारीले बताए। खाद्य कम्पनीले सम्झौताका लागि आशयपत्र निकालेको भए पनि दुवै एयरलाइन्सले सो काम गरेका छैनन्। सम्झौताका लागि खाद्य कम्पनीले पत्राचार गरिसकेको छ, तर पनि एयरलाइन्स नआएका कारण काम अगाडि नबढेको हो।

त्यसैगरी सिमकोटकै लागि दुई हजार क्विन्टल सुर्खेतबाट पैदल मार्गबाट सलीसल्लासम्म र त्यसयता हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ। यो खाद्यान्न दशैँतिहारभित्र हेलिकोप्टरबाट ढुवानी हुनुपर्ने थियो।

प्रमुख अधिकारीले गोदाममा मौज्दात खाद्यान्न न्यून हुँदा बिक्री वितरण गर्न नपुग्ने भएको कारण असोजपछि सूचना नै निकालेर बिक्री बन्द गर्नुपरेको बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र