हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन « Khabarhub

हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो। लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढिरहेको बताए।

हाल गोदाममा तीन सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ। यस आर्थिक वर्षका लागि आठ हजार क्विन्टल खाद्यान्नमध्ये सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट दुई हजार क्विन्टल कोटा निर्धारण भएकामा यसको ढुवानीका लागि टेन्डर प्रक्रिया लामो भएका कारण हालसम्म सो खाद्यान्न ढुवानी हुन सकेको छैन। हवाई मार्गको खाद्यान्न ढुवानीका लागि खाद्य कम्पनीले दुई पटक टेन्डर निकाल्नुपरेको थियो।

खाद्य कम्पनीले पहिलो पटक टेन्डर निकाल्दा ढुवानी दर कम भएको भन्दै कुनै पनि ढुवानीकर्ताले आवेदन गरेनन्। यसमा नेपालगञ्जका लागि प्रतिकेजी १५० रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १४० रुपियाँ ढुवानी दर लाग्ने टेन्डर निकालिएको थियो। पुनः दोस्रो पटक सुर्खेतबाट प्रतिकेजी १५५ रुपियाँ र नेपालगञ्जबाट प्रतिकेजी १६० रुपियाँ टेन्डर निकालिएको थियो।

दोस्रो सूचनामा सुर्खेतको खाद्यान्न ढुवानी समिट एयरलाइन्स र नेपालगञ्जको खाद्यान्न तारा एयर छनोट भएको भए पनि सम्झौता हुन नसकेको अधिकारीले बताए। खाद्य कम्पनीले सम्झौताका लागि आशयपत्र निकालेको भए पनि दुवै एयरलाइन्सले सो काम गरेका छैनन्। सम्झौताका लागि खाद्य कम्पनीले पत्राचार गरिसकेको छ, तर पनि एयरलाइन्स नआएका कारण काम अगाडि नबढेको हो।

त्यसैगरी सिमकोटकै लागि दुई हजार क्विन्टल सुर्खेतबाट पैदल मार्गबाट सलीसल्लासम्म र त्यसयता हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ। यो खाद्यान्न दशैँतिहारभित्र हेलिकोप्टरबाट ढुवानी हुनुपर्ने थियो।

प्रमुख अधिकारीले गोदाममा मौज्दात खाद्यान्न न्यून हुँदा बिक्री वितरण गर्न नपुग्ने भएको कारण असोजपछि सूचना नै निकालेर बिक्री बन्द गर्नुपरेको बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ४५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर