खोटाङमा देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई तातो चिसो पानीको बन्दोबस्त « Khabarhub

खोटाङमा देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई तातो चिसो पानीको बन्दोबस्त


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङका आठ युवाले देउसी खेलेर जम्मा भएको रकमबाट ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर प्रदान गरेका छन् ।

गत तिहारमा देउसी खेल्दा जम्मा भएको १३ हजार रुपैयामा खरिद गरिएको एक थान हट एण्ड कोल्ट वाटर फिल्टर ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङलाई प्रदान गरेका हुन् ।

युवा रोशन श्रेष्ठ, नवराज रिजाल, आदित्य भट्टराई, उपेन्द्र आचार्य, सन्तोष पोखरेल, कविराज रिजाल, सफल आचार्य र रुपक परियारको टोलीले वृद्धवृद्धालाई कार्यालयमा तातो चिसो पानी पिउने व्यवस्थाका लागि आइतबार ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हट एण्ड कोल्ट वाटर फिल्टर हस्तान्तरण गरेका छन् ।

संघलाई हट एण्ड कोल्ट वाटर फिल्टर सहित दुई थान जार र एकथान मल्टिप्लक प्रदान गरिएको श्रेष्ठले बताए । श्रेष्ठकै अगुवाईमा वृद्धवृद्धालाई तातो चिसो पानी पिउनका लागि हट एण्ड कोल्ट वाटर फिल्टर उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : १२ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका