तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात « Khabarhub

तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस (टुथब्रस) आयात गरेको छ ।

२०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मूल्य बराबरको टुथब्रस आयात गरेको हो ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस विभिन्न देशबाट नेपाल भित्रिएको छ ।

नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ ।

नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ९ करोड २ लाख ४७ हजार रुपैयाँ र २ करोड ४० लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपाल भित्रिएको विभागले जनाएको छ ।

यस्तै बंगलादेशबाट २० लाख ३८ हजार रुपैयाँ र मलेसियाबाट ५८ लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपालले बितेको तीन महिनामा आयात गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १२ करोड ६३ लाख १ हजार रुपैयाँको ९८ लाख ७९ हजार ७०१ वटा टुथब्रस आयात गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले