पाकिस्तानलाई हराउँदै इंल्याण्डले जित्यो टी-ट्वान्टी विश्वकप « Khabarhub

पाकिस्तानलाई हराउँदै इंल्याण्डले जित्यो टी-ट्वान्टी विश्वकप


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । इंल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ५२ रन बनाए ।

जोस बट्लरले २६ रन जोड्दा ह्यारी ब्रुकले २० रन बनाए । पाकिस्तानका लागि हारिस राउफले २ तथा शहीन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन जोडेको थियो । पाकिस्तानका लागि शान मसुदले ३८, कप्तान बाबर आजमले ३२ रन जोडे । इंल्याण्डका साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशिदले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ३० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस