निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह | Khabarhub Khabarhub

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरू घरदैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्डलाई भने बेवास्ता गरेका छन् ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमण दर घटे पनि जोखिम कायमै रहेको भन्दै लापरबाही नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

“उम्मेदवारहरूले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनु भएको छ, यसले सरुवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ”, डा सागरराज भण्डारीले भने, “अहिले हेलचेक्र्याइँ गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तित स्वरूपको जोखिम बढ्न सक्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले सभा सम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिएका छन् । चिसोका कारण रुघाखोकीका बिरामी पनि बढ्दै गएको चिकित्सक बताउँछन् ।

कोभिड– १९ को सङ्क्रमण शून्यमा झरि नसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले जानकारी दिए । उनले सभा सम्मेलन र भेलामा सहभागीले खानपानमा समेत विशेष सजग हुनुपर्ने बताउँछन् ।

उनले भने, “जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ । जथाभावी खानपानले बान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ ।” रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्तिलाई भीडमा सहभागी नहुन चिकित्सकहरूको सुझाव छ । साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।

उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरूको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्त हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले भण्डारीको राय छ ।

यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरू लागिपरेको बताउँछन् । “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ । राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ”, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, “आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ । सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौँ ।”

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ०४ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन