विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल « Khabarhub

विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । अब नयाँ अभ्यासका रूपमा एकीकृत विकासको अवधारणा अघि सारिने उनले बताए ।

आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदार पौडेलले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकतालाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताए ।

उनले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने उनको भनाइ छ ।

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पहिल्याउन थालेको बताए । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताबारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन नभई ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौन् भनि जनतासामू ग्यारेन्टी गर्नुपर्ने उल्लेख गरे । ‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्,’ श्रेष्ठले भने, ‘नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिबद्ध छ । आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : २७ बजे

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि…

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान

तेहरान–  इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व