दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना घाइते « Khabarhub

दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना घाइते


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइतेमध्ये निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।

घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : २० बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र