बैतडी भूकम्पमा परी ६६ वर्षे वृद्धको मृत्यु « Khabarhub

बैतडी भूकम्पमा परी ६६ वर्षे वृद्धको मृत्यु


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीमा शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ ।

भूकम्पको धक्का महशुुस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो । भूकम्पको धक्का महशुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।

मृतक लुहारको टाउकोमा चोट लागेको छ । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ । गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ ।

यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ ।

शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा ठूलो धक्का महशुस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ३० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण