निर्वाचन आचारसंहिता अनुगमन सम्बन्धी ६ निर्णय पारित « Khabarhub

निर्वाचन आचारसंहिता अनुगमन सम्बन्धी ६ निर्णय पारित


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि आज बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले ६ वटा निर्णय पारित गरेको छ ।

समितिले निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरीतको काम कारवाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु–

१. निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी निकाय तथा सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति जस्ता निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा विद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी लगायत निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

२. राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु र निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७स्०० बजे भित्र छिटो साधनद्वारा जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइ‌ओसी० मा प्रतिवेदन पठाउन निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम गृह मन्त्रालय मार्फत नेपाल प्रहरी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने ।

३. आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार वा राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोजभतेर गरेको, हातहतियार वा निषेधित पदार्थ लिई हिंडेको, शान्ति भङ्ग गर्ने कुनै कार्य गरेको, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कुनै कार्य गरेको वा गर्न लगाएको, कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्‍ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिने ।

४. निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधि (मतदान सुरु हुने दिन भन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म_ मा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्न र प्रचलित कानून बमोजिम जफत गर्नु पर्ने भए जफत गर्न समेत गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई निर्देशन दिने ।

५. अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, हालसम्म भएको उजुरीको फर्छयौट र कारबाहीको अवस्था सहितको प्रगति विवरण ३ दिनभित्र केन्द्रीय आचारसंहिता अनुगमन समिति वा आयोगमा पठाउन निर्देशन दिने ।

६. निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ को दफा २४ को उपदफा ९५० बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराई उक्त व्यवस्थाको पूर्ण पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ४० बजे

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको