देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली « Khabarhub

देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताएका छन् । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उनले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे ।

दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उनले भने, “पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।”

विसं २०५१ मा एमालेको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन नभएको भन्दै उनले त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुवात गरेको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ५९ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग