सिन्धु सीमाका मतदाताको प्रश्न - अहिलेसम्म लालपुर्जा पाएनौं भोट किन ? | Khabarhub Khabarhub

सिन्धु सीमाका मतदाताको प्रश्न – अहिलेसम्म लालपुर्जा पाएनौं भोट किन ?


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रे बेँसीमा बर्षौदेखि बसोबास गर्दै आइरहेका एक सयभन्दा बढी घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेका छन् । सुनकोसी र इन्द्रावतीनदीले सीमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रका नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ । तर, लालपुर्जा छैन ।

सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्षेत्रमा अहिलेसम्म कित्ता नापी नहुँदा नागरिक विभिन्न समस्या झेलिरहेका छन् । पटक(पटक आन्दोलन गर्दा पनि आफूले भोगचलन गरेको र नियमित तिरो तिरेको जग्गाको लालपूर्जा नपाएपछि मतदान बहिस्कार गर्ने चेतावनी दिँदै आज ध्यानकर्षपत्र बुझाएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लालपुर्जाको समस्या सुल्झाउने उम्मेदवारलाई भोट हाल्ने मनस्थितिमा यहाँका सबै परीवार एक मत भएर बसेका थिए । अरु स्थानमा उम्मेदवार तामझाम गर्दै भोट माग्न पुगिरहेका छन् । आफूनो गाउँमा पनि उम्मेदवार आउलान् र समस्या सुनाउला भन्ने पर्खाइमा रहेका स्थानीयलाई भेट्न अहिलेसम्म कोहि पनि पुगेका छैनन् । तर, अहिलेसम्म कुनै उम्मेदवारले गाँउम नाक मुख नदेखाएपछि मतदान बहिस्कार गर्ने भन्दै यहाँका नागरिक जिल्ला प्रशासन, निर्वाचन कार्यलय र स्थानीय तहमा पुगेका छन् ।

अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको काभ्रेको भुम्लु ८ का कुमार माझीले बताए । उनी भन्छन्, ुहामिले लालपुर्जा पाउनु पर्‍यो भनेको धेरै भइसक्यो । सिन्धुका हौं या हामी काभ्रेका । त्यो छुट्याउनु पर्‍यो । तर कुनै सुनवाई हुन सकेको छैन । अहिलेसम्म हामी कहाँ कुनै नेता भोट माग्न पनि आएका छैनन् । म कहाँको व्यक्ति हो त्यो टुङगो छैन् । आफ्नो नाममा लालपुर्जा छैन् । सोहि कारण यस पटक भोट दिन्न ।ु

यस्तै भुम्लु ८ कि सानु माया माझीको पनि उस्तै भनाइ छ । यसअघिको चुनावमा पनि भोट दिँदा आफ्ना समस्या सुनुवाई नभएको उनको गुनासो छ ।

यो क्षेत्रमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैको दाबी छ । जिल्लाको सीमा विवादका नाममा जग्गाको कित्ता नापी नहुँदा बर्षौ देखि नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । यहाँ बसोबास गर्ने हरेक परीवारसँग तिरो तिरेको रसिद रहे पनि लालपुर्जा नभएको उनको गुनासो छ ।

बिगत करिब ४५ वर्षदेखि आफ्नो जमिनको क्षेत्रफल कति हो रु भन्ने थाहा नभएको उनले बताइन् । हजुरबुबाको पालादेखि नै बुवा काकाको नाममा जग्गा नामसारी हुन नसकेको उनीहरूको गुनासो छ । कतिपय हजुरबुबा, बुबा, आमासमेतका मृत्यु भैसकेको अवस्था छ । अल्पसंख्यक माझीको करिब ४० घरपरिवार भएको डुम्रे बेशीका बासिन्दालाई आधा(आधा गरी बिभाजन गरी दिएका कारण हामि कसैको हुन सकेनौं भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एकता खण्डित गरिदिएका कारण झनै कमजोर हुन पुगेको छ । आफ्नो जग्गाको किता नापि गरी गराई लालपुर्जा वितरण कार्य नभएसम्म आसन्न निवार्चनमा मतदान नगर्ने निर्णय लिन बाध्य भएको उनीहरूको भनाई छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा २०३३ साल माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय गरेको थियो । २०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनि नक्सा दिएपनि २०४५ सालमा राष्ट्रिय पञ्चायतमा रहेका काभ्रेका गोविन्द उप्रेतीले कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिएको स्थानीय बताउँछन् ।

नागरिकले सीमा विवाद समाधान गरि आफूहरूको जग्गा नापी गरेर लालपुर्जा दिन बारम्बार माग गर्दै आएका छन् । त्यसका लागि सरकारी स्तरबाट केही प्रयास भएको भएपनि सार्थक भएको छैन । उनीहरूको अधिकारको लागि वकालत गर्दै आएका अधिवक्तासमेत रहेका चौतारा नगर ११ का वडा अध्यक्ष रोशनराज गिरी यहाँका नागरीकले राज्य भएको महसुस गर्न नसकेको बताउछन् ।

यहाँका समुदाय जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

-न्युज कारखाना/सम्झना कार्की

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : १२ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन