सिन्धु सीमाका मतदाताको प्रश्न – अहिलेसम्म लालपुर्जा पाएनौं भोट किन ? « Khabarhub

सिन्धु सीमाका मतदाताको प्रश्न – अहिलेसम्म लालपुर्जा पाएनौं भोट किन ?


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रे बेँसीमा बर्षौदेखि बसोबास गर्दै आइरहेका एक सयभन्दा बढी घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेका छन् । सुनकोसी र इन्द्रावतीनदीले सीमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रका नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ । तर, लालपुर्जा छैन ।

सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्षेत्रमा अहिलेसम्म कित्ता नापी नहुँदा नागरिक विभिन्न समस्या झेलिरहेका छन् । पटक(पटक आन्दोलन गर्दा पनि आफूले भोगचलन गरेको र नियमित तिरो तिरेको जग्गाको लालपूर्जा नपाएपछि मतदान बहिस्कार गर्ने चेतावनी दिँदै आज ध्यानकर्षपत्र बुझाएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लालपुर्जाको समस्या सुल्झाउने उम्मेदवारलाई भोट हाल्ने मनस्थितिमा यहाँका सबै परीवार एक मत भएर बसेका थिए । अरु स्थानमा उम्मेदवार तामझाम गर्दै भोट माग्न पुगिरहेका छन् । आफूनो गाउँमा पनि उम्मेदवार आउलान् र समस्या सुनाउला भन्ने पर्खाइमा रहेका स्थानीयलाई भेट्न अहिलेसम्म कोहि पनि पुगेका छैनन् । तर, अहिलेसम्म कुनै उम्मेदवारले गाँउम नाक मुख नदेखाएपछि मतदान बहिस्कार गर्ने भन्दै यहाँका नागरिक जिल्ला प्रशासन, निर्वाचन कार्यलय र स्थानीय तहमा पुगेका छन् ।

अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको काभ्रेको भुम्लु ८ का कुमार माझीले बताए । उनी भन्छन्, ुहामिले लालपुर्जा पाउनु पर्‍यो भनेको धेरै भइसक्यो । सिन्धुका हौं या हामी काभ्रेका । त्यो छुट्याउनु पर्‍यो । तर कुनै सुनवाई हुन सकेको छैन । अहिलेसम्म हामी कहाँ कुनै नेता भोट माग्न पनि आएका छैनन् । म कहाँको व्यक्ति हो त्यो टुङगो छैन् । आफ्नो नाममा लालपुर्जा छैन् । सोहि कारण यस पटक भोट दिन्न ।ु

यस्तै भुम्लु ८ कि सानु माया माझीको पनि उस्तै भनाइ छ । यसअघिको चुनावमा पनि भोट दिँदा आफ्ना समस्या सुनुवाई नभएको उनको गुनासो छ ।

यो क्षेत्रमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैको दाबी छ । जिल्लाको सीमा विवादका नाममा जग्गाको कित्ता नापी नहुँदा बर्षौ देखि नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । यहाँ बसोबास गर्ने हरेक परीवारसँग तिरो तिरेको रसिद रहे पनि लालपुर्जा नभएको उनको गुनासो छ ।

बिगत करिब ४५ वर्षदेखि आफ्नो जमिनको क्षेत्रफल कति हो रु भन्ने थाहा नभएको उनले बताइन् । हजुरबुबाको पालादेखि नै बुवा काकाको नाममा जग्गा नामसारी हुन नसकेको उनीहरूको गुनासो छ । कतिपय हजुरबुबा, बुबा, आमासमेतका मृत्यु भैसकेको अवस्था छ । अल्पसंख्यक माझीको करिब ४० घरपरिवार भएको डुम्रे बेशीका बासिन्दालाई आधा(आधा गरी बिभाजन गरी दिएका कारण हामि कसैको हुन सकेनौं भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एकता खण्डित गरिदिएका कारण झनै कमजोर हुन पुगेको छ । आफ्नो जग्गाको किता नापि गरी गराई लालपुर्जा वितरण कार्य नभएसम्म आसन्न निवार्चनमा मतदान नगर्ने निर्णय लिन बाध्य भएको उनीहरूको भनाई छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा २०३३ साल माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय गरेको थियो । २०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनि नक्सा दिएपनि २०४५ सालमा राष्ट्रिय पञ्चायतमा रहेका काभ्रेका गोविन्द उप्रेतीले कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिएको स्थानीय बताउँछन् ।

नागरिकले सीमा विवाद समाधान गरि आफूहरूको जग्गा नापी गरेर लालपुर्जा दिन बारम्बार माग गर्दै आएका छन् । त्यसका लागि सरकारी स्तरबाट केही प्रयास भएको भएपनि सार्थक भएको छैन । उनीहरूको अधिकारको लागि वकालत गर्दै आएका अधिवक्तासमेत रहेका चौतारा नगर ११ का वडा अध्यक्ष रोशनराज गिरी यहाँका नागरीकले राज्य भएको महसुस गर्न नसकेको बताउछन् ।

यहाँका समुदाय जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

-न्युज कारखाना/सम्झना कार्की

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : १२ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा