पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार | Khabarhub Khabarhub

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् ।

‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’,, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भने, ‘अघिल्ला चुनावमा गरेका वाचाहरुलाई पनि यस पटक पनि दोहो¥याइरहेका छन् ।’

तत्कालीन शुक्लफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्थापितको पुनःस्थापना, लालपुर्जा वितरण, नदी कटान तथा डुबानको समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य सेवा विस्तारलगायत मुद्दा हरेक निर्वाचनमा सबै दलका उम्मेदवारहरूको एजेन्डा बन्ने गर्छ । तर अहिलेसम्म उक्त समस्या हल नहुँदा मतदातामा निराशा छ ।

‘चुनावको बेला नेताहरूले सबै समस्या समाधान गरिदिन्छौँ भन्ने आश्वासन दिन्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्’, कृष्णपुर नगरपालिका–१ का हरिभान भट्टले भने, ‘नेताहरूले हामीलाई भोट बैंकका रुपमा मात्रै हेर्छन्, कसैले पीडा सुन्दैन ।’

वाम–लोकतान्त्रिक कांग्रेसका उम्मेदवार एनपी साउद र एमालेका उम्मेदवार नरबहादुर धामी दुवैले विस्थापितको पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिने बताए । विसं २०७४ मा एमालेमाओवादी गठबन्धन हुँदा धामीसँग पराजित हुनुभएका साउद अहिले बदला लिने दाउमा छन्। एमालेका धामी २०७४ को जितको विरासत जोगाउने रणनीतिका साथ चुनावी मैदानमा छन् ।

कञ्चनपुर क्षेत्र नं २ मा मुक्तकमैया, मुक्त हलिया र आरक्ष विस्थापितसँगै भूमिहीन र सुकुम्वासी बढी भएको क्षेत्रका रुपमा छ । यही कारण उम्मेदवारहरूले चुनाव जित्नका लागि विस्थापितदेखि विभिन्न शिविरमा बसोबास गरिरहेका व्यवस्थापनको मुद्दा उठान गर्ने गरेको बेदकोटका स्थानीय टेक सार्की बताउँछन् ।

उम्मेदवारहरू महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई पूर्णता दिने, चुरेबाट बग्ने नदीनालाहरूमा तटबन्ध निर्माण गर्ने, चुरे फेद र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा सडक निर्माण गर्ने, दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलगायत मुद्दाहरू अघि सारेर मतदाता रिझाउनमा व्यस्त छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ३५ बजे

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच

रविको नाममा अड्कियो हलो

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत