सुकुम्वासीको समस्या समाधान गर्छौँ : भीमसेनदास प्रधान « Khabarhub

सुकुम्वासीको समस्या समाधान गर्छौँ : भीमसेनदास प्रधान


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता प्रधानले आज काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताए ।

‘केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सुकुम्वासीका समस्या समाधान गर्छौँ’, उनले भने। संविधान निर्माणका लागि गठबन्धन निर्माण भएको उनको भनाइ थियो ।

गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९१० का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गीले सुकुम्वासी आयोगमार्फत काठमाडौँभित्रको सुकुम्वासीको समस्या गरिने बताइन् । । उहाँले हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकेमात्र देशको विकास हुने उल्लेख गर्नुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनलाई विजय गराउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : १२ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग