माजोङ बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो « Khabarhub

माजोङ बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा रहेकोे माजोङ क्यासिनाले दक्षिण एसिया कै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेबापत प्रदान गरिदै आएको पुरस्कार ‘अन्तराष्ट्रिय ट्राभल अवार्ड २०२२’ क्यासिनो माजोङले प्राप्त गरेको हो । नोभेम्वर ११ मा नयाँ दिल्लीमा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

साथै दक्षिण एशियाको सर्वश्रेष्ठ क्यासिनो महाप्रबन्धकको पुरस्कार क्यासिनो माजोङका महाप्रबन्धक अमुल्य बिक्रम राणाले जितेका छन् ।

भारतका उत्तराखण्डका चिफ मिनिस्टर पुस्कर सिं धामी, पर्यटन तथा रक्षा राज्यमन्त्री श्री अजय भाठज्यूको प्रमुख आतिथ्यमा हालै भारत नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट क्यासिनो माजोङका महाप्रवन्धक अमुल्य बिक्रम राणालाई यो सम्मान प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी बृत्तचित्र प्रस्तुत गरेको थियो ।२०६९ साल पुस १२ मा क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा संचालनमा आएको हो ।

क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रुपैयाँ चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेन्ट प्रा।लि।आफैले क्यासिनो इजाजत पत्र प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ ।

सो क्यासिनोले स्थापनाकालदेखि नै हालसम्म बुझाउनुपर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनैपनि राजश्व रकम बुझाउन बांकी नरहेको बताइएको छ । हालसम्म कम्पनीले २८ करोड रुपैयाँभन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २६ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा