निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव कर्णालीमा « Khabarhub

निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव कर्णालीमा


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरुको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीका विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको छ । उनका अनुसार नेपाली सेनाको २४ नं वाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको हो ।

छलफलमा नेपाली सेनाको २४ नं वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको पाँच जिल्लाको सुरक्षा अवस्था र तयारीको तथा प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीबारे जानकारी गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ५३ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति