आज २०७९ साल मंसिर २७ गते मंगलबारकाे राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल मंसिर २७ गते मंगलबारकाे राशिफल


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल मंसिर २७ गते मंगलबार राशिफल ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेष : मेष राशि भएका जातकका लागि मंगलबारकाे दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय हुने देखिन्छ । आजको दिन बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष : अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा फर्केर यात्रा सुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।

मिथुन : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नहोला ।  

कर्कट : तपाईका लागि आजको दिन अनुकल देखिदैन । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्द प्रयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ । आजको दिन गणेश मन्दिरको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्यदर्शन गर्नुहोला ।  

सिंह : आजको दिन घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट सहयोग मिल्नेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबार कुनै नयाँ काम सुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउनेछ ।

तुला : समय अनुकुल देखिएको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुने योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला । 

वृश्चिक : व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कँदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु : तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । गशेश मन्दिर यात्राले उर्जा थपिने छ । आजको दिन आफनो नियमित काम गर्नुहोला ।  

मकर : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ : आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ । मंगलबार घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा घरका सदस्य दिनुभयो भने सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : १५ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे