यू-२३ राष्ट्रिय भलिबल : गण्डकीका दुई खेलाडी छनौट « Khabarhub

यू-२३ राष्ट्रिय भलिबल : गण्डकीका दुई खेलाडी छनौट


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ का लागि यू-२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनौटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू-२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनौट परेका हुन् । बाइस वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो छन् ।

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनौट गरिएको सङ्घले जनाएको छ । 

भलिबल खेलको इतिहासमा पहिलोपटक यू-२३ राष्ट्रिय टिम तयार पारी अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल बिक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन् ।

गलकोट नगरपालिका-७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुन्। यू-२३ राष्ट्रिय टिममा परेसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले जानकारी दिए ।

‘टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहनत पनि त्यसै अनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु’, उनले भने । केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’ बाट उनले राष्ट्रिय स्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नुभएको थियो । त्यसयता उनले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका थिए । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगेश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए। उनले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रुपमा लिए। बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएसनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ३६ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई