जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो « Khabarhub

जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी,  नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भीरबाट खसेको थियो ।

छेडागाड नगरपालिका-५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पुर्‍याइदिन आग्रह गरे।

दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भीरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खान आएका १२ जनाको मृत्यु हुन पुग्यो । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : २१ बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ