भूमि आयोगले पुनः लालपूर्जा वितरण सुरु गर्ने | Khabarhub Khabarhub

भूमि आयोगले पुनः लालपूर्जा वितरण सुरु गर्ने


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ ।

आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ। ४ मङ्सिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ ।

यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम गरिरहेको थियो । तर, निर्वाचन आयोगले  जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि काम रोकिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ५८ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद