एसियन हाइड्रोपावरको आईपीओ खुल्ला « Khabarhub

एसियन हाइड्रोपावरको आईपीओ खुल्ला


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन हाइड्रोपावर लिमिटेडले मङ्गलबारदेखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं.११ का स्थानीय बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकका इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।

यसका साथै सर्वसाधारणमा निष्कासन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

यो सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ। आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। 

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४८ बजे

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत