समाचार

पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण

By खबरहब

December 13, 2022

नवलपरासी– सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 

नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले निर्माण गरेको हो । 

भवनको साँचो रोटरी क्लब अफ काठमाडौं मिडटाउनका पूर्वअध्यक्ष अजय स्थापितले विद्यालय व्यवस्थापन समितका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गरेका थिए ।

उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पशुपति शिक्षा प्रसार समिति नेपालले सञ्चालन गर्दै आएको छ ।