सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन « Khabarhub

सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियो । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड पनि बाढीपहिराले क्षति गरेपछि पुनः स्तरवृद्धिका काम भइरहेका छन् ।

सिञ्जा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि पाँच करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई सहरी विकास एकाइ कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिञ्जाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

उनले भने, ‘सडक पुनः स्तरवृद्धिका लागि हिमा गाउँपालिका-१ आचार्यलिहीको जिरो प्वाइन्टबाट धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने छ ।” यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसुस हुने गरी काम गरिने अध्यक्ष धितालले बताए । कामलाई गुणस्तरीयरूपमा सम्पन्न गराउन सिञ्जावासीको भूमिका महत्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ । 

ग्रामीण भेगका विकासे कामलाई तीव्रगतिमा लिनका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाइ सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला  धितालले जानकारी दिए ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ५४ बजे

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र