‘सकेको गर्छु, कर्णालीका जनतालाई झुटो बोल्दिन’ « Khabarhub

अन्तर्वार्ता

‘सकेको गर्छु, कर्णालीका जनतालाई झुटो बोल्दिन’

‘सदनमा पनि भ्रष्टाचार गर्नेको भण्डाफोर गर्छु’


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही पछिल्लो समय चर्चामा छन् । उनी खासगरि सामाजिक सञ्जालबाट उदाएका युवा नेता हुन् । पछि राप्रपा प्रवेश गरेर उनले राजनीतिक उडान भरे । त्यो उडानकै क्रममा उनी अहिले जुम्लाबाट प्रतिनिधिसभा सांसद भएका छन् । उनी सांसद बन्नु संयोग मात्रै होइन, कर्णालीका धेरै जनता र मतदाताको भरोसा पनि छ । यसै विषयमा बदलिदो समयको राजनीतिक चर्चा र परिचर्चाबारे युवा सांसद ज्ञानेन्द्र शाहीसँग सुशील पाण्डेले गरेको गरेको कुराकानीको सम्पादित अंश :

एक युवा, जो चर्को स्वरले एजेन्डा उठाएर जनताको प्रतिनिधि अर्थात माननीय बन्नु भयो कस्तो लागेको छ ?
जनताले एउटा निर्णायक रूपमा जिम्मेवारी दिनु भएको छ । अब आफ्नो जिम्मेवारी पुरा गर्नु छ । जनताका आशाहरू पुरा गर्नु छ ।

हिजोसम्म सडकमा अभियन्ताको रूपमा आवाज उठाउनु हुन्थ्यो आज प्रतिनिधि हुँदा के फरक पाउनु भयो ?
केही फरक छैन । सडक र सदन दुवैलाई नीतिगत रूपमा काम गर्नु पर्दछ । आज तमाम युवाहरू रोजगारी नगाएर विदेशिनु परेको छ । त्यो सबै भ्रष्टाचारले गर्दा हो । त्यसलाई रोक्नु पर्दछ । भूमिका फरक होला त र काम एउटै हो । यसको लागि म जुम्लाको भए पनि मेरो आवाज जुम्लाको मात्र हैन । हरेक पिछडिन र विदेशीको आवाज उठाउनेछौँ, सदनभित्र बसेर जसले भ्रष्टाचार गर्दछ त्यसको भन्डाफोर गर्दछौँ । सदनमा गएर काम गर्न सकिन्छ । किनभने लोकतन्त्र धनेको सही छ भनेर दुईचार जनाले सही भनेर ताली बजाउनु मात्र हैन । अहिले म मात्र हैन म जस्ता धेरै युवा साथीहरू आउनु भएको छ । जसले आजको विज्ञान र प्रविधि बुझेका छन् । अहिलेको समस्या बुझेका छन् यसमा हाम्रो सहकार्य हुन्छ र काम हुन्छ ।

सबै युवाहरू एक भएर कसरी बस्न सक्नु हुन्छ त ?
उमेर बिचार दुवैले एउटा एलायन्स बनाएर काम गर्ने छौँ । किनभने भ्रष्टाचार मुक्त देश नबनाई यो देशको विकास हुँदैन । हामीले धेरै युवाहरू खाडीबाट बाकसमा फर्केको देखेका र सुनेका छौँ अबका दिनमा त्यस्तो नहोस् । हामीले यस्तो नीति बनाऊ जसमा युवाहरूले जागिर पाउन् । युवाहरूको भाग्य र भविष्यको निर्याण यही देशमा होस् ।

यी कुराहरू सम्भव होला त ?
संसारमा नसकिने केही छैन । इमानदारिता र हिम्मत छ भने सबै सम्भव छ । भने यो सामान्य कुरा हो ।

तपाइलाई जनताले धेरै विश्वासका साथ जिताएका छन् त्यो विश्वासलाई कसरी टिकाउनु हुन्छ त ?
म त्यो आशालाई निराशामा परिणत गर्दिन । म सँग चुनौतीहरू धेरै छन् । सम्भवतः सबै भन्दा सानो उमेरको कर्णालीको पहिलो उम्मेदवार हुँ । त्यहाँका प्राकृतिक श्रोतलाई कसरी नागरिकले उपयोग गर्न पाउने त्यो मेरो प्राथमिकता हुने छ । मेरो कणाली आज पनि दुनियाँ फोर जीमा पुग्दा हाम्रोमा टू जी नै छ । टेलिसञ्चार पुर्‍याउनु पर्दछ । जलविद्युतको सम्भावना धेरै छ । सडकको निर्माण उत्पादन खाद्य सामग्री को उचित बजार र मूल्य दिलाउनु छ । गर्न सकेको काम यो गरे है भन्छु र गर्न नसकेको यो चाहिँ गर्न सकिन है दाजुभाइ भन्छु । लुकाउनु पर्ने केही छैन । जनतालाई झुटो बोल्न सक्दिनँ

दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्ने नीति बनाउनु पर्याे नि ?
हामी नीति निर्माण गर्ने कुरामा हामी उत्कृष्ट बनाउने छौँ । जस्तो आर्थिक नीतिको कारणले युवाहरू बेरोजगार भएका छन् । शिक्षा नीति यस्तो शिक्षाले हामीले भोलि कसरी देश विकास गर्ने छौ त त्यो नीति बनाउने छौँ । स्वास्थ्य नीति बनाउने छौँ ।

के अब ज्ञानेन्द्र शाही मन्त्री बन्दै छन् ?
अहिले हामी सरकारमा जाने कुनै नीति छैन । अब नयाँ सरकार बन्ने छ । जनताले दिएको जनमत भनेको राम्रो नीति बनाउने हो ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १२ : ०७ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता