चीनमा कोभिड सङ्क्रमणका केस बढ्दै « Khabarhub

चीनमा कोभिड सङ्क्रमणका केस बढ्दै


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको राजधानी बेइजिङमा कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै सङ्क्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् । 

‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिङमा भने । चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।

देशले भाइरससँगै बाँच्नको लागि शून्य-कोभिड नीतिबाट बाहिर निस्कने एउटा कठिन मार्गलाई अवलम्बन गरेसँगै लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन् । 

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १२ : ३९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ