स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक « Khabarhub

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । 

आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताए । ‘सडक १५/१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, बजार र आसपासको क्षेत्रमा काम चलिरहेको छ,’ उनले भने । महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्र पाएको छ ।

सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र निर्माणको कामले अस्तव्यस्त भएको छ । ‘सडक हिलाम्य छन्, बजारका सबै सडक एकै पटक भत्काइएको छ, विद्युत् र टेलिफोनका पोल सडकमै छन्,’ स्थानीय करवीर धामीले भने , ‘दैनिक आवातजावत हुने बजार क्षेत्रमा अस्तव्यस्त तरिकाले सडक निर्माण गर्दा आवातजावतमा समस्या भएको छ ।’

बजार क्षेत्रमा व्यवस्थित तरिकाले विकास निर्माणको काम गर्दा सास्ती भइरहेको कर्णप्रसाद भट्टले बताए । ‘विकास निर्माणको काम हुनु राम्रो हो, तर एकै पटक सबै सडक भत्काउँदा हिँड्डुलमा समस्या भइरहेको छ,’ उनले भने, ‘एउटा गल्लीको काम सकेर अर्कोमा पालैपालो काम गर्नुपर्थ्यो, तर अस्तव्यस्त तरिकाले काम भइरहेको छ ।’ सडक स्तरोन्नतिको काम हुँदा खानेपानीका पाइप, विद्युत् र टेलिफोनका पोल भित्री गल्लीमा सर्नुपर्ने भए पनि केही समस्या आएको इन्जिनियर सिंहले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ०० बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका