एसियन हाइड्रोपावरले आईपीओ जारी गर्दै « Khabarhub

एसियन हाइड्रोपावरले आईपीओ जारी गर्दै


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गरेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकितदरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका १०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्योदय नगरपालिका ११ का स्थानीय बासिन्दाहरूका लागि १ लाख ३६ हजार कित्ता सेयर रहेको छ । साथै अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।

सर्वसाधारणका लागि निष्कासन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता साधारण सेयर नेपाल सरकार सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीहरुका लागि जारी गरिएको हो ।

सो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता आवेदन दिन पाउने व्यवस्था रहेको छ । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ र वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ ।

यस कम्पनीले आईपीओ निष्कासन गराएको रेटिङमा केयर रेटिङ नेपालले यस कम्पनीलाइ केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत पनि गर्दछ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ३८ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति