निर्माण सुरु भएको छ वर्षपछि राजधानीको थली सडक कालोपत्र हुने « Khabarhub

निर्माण सुरु भएको छ वर्षपछि राजधानीको थली सडक कालोपत्र हुने


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माण सुरु भएको छ वर्षपछि राजधानीको थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा वर्षायाममा सडक प्रयोगकर्ता खाल्डामा पानी जम्ने समस्याले हैरान भएका थिए ।

सो खण्डमा आवश्यक तयारीका काम भइसकेकाले अब कालोपत्र गरिने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । गतवर्ष त्यहाँका स्थानीयवासीले चौडाइ बढाएर मात्रै कालोपत्र गर्न भनेकाले त्यतिबेला नभएर अहिले गरिएको उनले बताए । उनले भने, “सडकको केही चौडाइ बढेपछि अहिले झण्डै १४ मिटर चौडा हुने गरी चार लेनको सडक निर्माण गरिएको छ ।” चावहिल साँखु सडकमा अधिकांश सडक २२ मिटरभन्दा कम चौडाइमा कालोपत्र गरिएको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए ।

जग्गा जति उपलब्ध भयो त्यसैका आधारमा कतै फराकिलो त कतै साँघुरोमै कालोपत्र गरिएको छ । झण्डै १२ किमी लम्बाइको सो सडकको चौडाइमा एकरुपता नभएको उनले बताए । उनले भने, “कतै २२ मिटर नै पुगेको पनि छ कतैकतै २०, कतै ११ मिटर चौडाइ छ ।”

पूरै सडकको अधिकांश ठाउँमा छेउमा ढल राखिएको प्रवक्ता जोशीले बताए । चौडाइ पाँचसात मिटर भएका ठाउँमा दुईतिर ढल हाल्न नसकिने हुँदा एकातर्फबाट मात्रै ढल हालिएको छ भने अधिकांश स्थानमा दुबैतर्फबाट ढल हालिएको छ । तिवारी टोलमा एकातिरबाट मात्रै ढल छ भने थलीमा अहिलेका लागि एकातर्फबाट मात्रै ढल हालिएको उनले बताए । उनले भने, “पछि दुबैतिरबाट हालिने गरी योजना बनाइएको छ ।”

जग्गा उपलब्ध नहुँदा लामो समयसम्म सम्पन्न हुन नसकेको सडक योजनाका रुपमा चावहिल–साँखु सडक रहेको छ । यहाँ पटक–पटक पहल गर्दा पनि जग्गा उपलब्ध भएको थिएन भने कतै प्राप्त जग्गामा समेत पछि स्थानीयवासीले काम गर्न नदिएको आयोजनाले जनाएको छ ।

सलम्बुटारमा सडक निर्माणका लागि तयारी गर्दा पूरै मापदण्डअनुसार चौडाइमा नै दुबैतर्फ ढल हालेर पर्खाल लगाइएको थियो । सर्वोच्चले अदालतको आदेशपछि व्यक्तिगत जग्गा लिन नसकिएकाले कम चौडाइमा कालोपत्र गरिएको उनले बताए । उनले भने, “बीचमा पुरानो सडकमा मात्रै कालोपत्र गरिएको छ । पर्खाल लगाइएको र ढल बनाइएको सडक बाहिर परेको छ ।”

यहाँ तीन खोलामा पुल निर्माण गरिने आयोजनाले जनाएको छ । पहिले दुई लेन रहेको सडकलाई चार लेन बनाउनका लागि हाल भइरहेको पुलभन्दा दायाँबायाँ बनाउन लागिएको हो । चावहिल–साँखु सडक कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण अवरुद्ध बनेको थियो ।

आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो । आयोजनाले पैदलमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरेपनि सोअनुसार काम हुनसकेको छैन ।

सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम सुरु भएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पु¥याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती संरचना हटाएर निर्माणस्थल खाली गराएर काम अघि बढाएको छ ।

सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक–पटक अनुगमन गरिसकेका छन् । पछिल्लो पटक नवनिर्वाचित सांसद सोबिता गौतमले पनि आयोजना र स्थानीयबासीसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेकी छिन् । १० सडक विस्तार सुरु भएकामा कतिपय सम्पन्न भएका छन् भने कति अन्तिम चरणमा छन् । काठमाडौँका कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर नगरपालिकासँगै सिन्धुपाल्चोकका विभिन्न पालिकाका नागरिक यही सडक हुँदै आवतजावत गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ०४ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य