गाईगोरु पाल्नेलाई अनुदान दिइने « Khabarhub

गाईगोरु पाल्नेलाई अनुदान दिइने


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याग्दीको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाई/गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो ।

धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय गाई/गोरु संरक्षण कार्यक्रममार्फत् अनुदान वितरणका लागि प्रस्ताव आह्वान गरिसकिएको उनको भनाइ छ ।

आधुनिक र व्यावसायिक पशुपालन तथा कृषि प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा चार सयवटा गाईगोरुका लागि रु चार लाख अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ । अनुदानका लागि आवेदन दिने किसानले गाईगोरुको बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । जलजला–७ धाइरिङमा समुदायस्तरबाट गौशाला सञ्चालन गरेर स्थानीय जातको गाई पालिएको छ ।

गाउँपालिकाले चालु आवमा दूध सङ्कलन गर्ने ११ वटा समूह र सहकारीका लागि आवश्यक सामग्री उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा स्थापना भएको गाईभैँसी पकेट विकास कार्यक्रमको निरन्तरताका लागि रु १२ लाख र नयाँ पकेट स्थापना गर्न रु २५ लाख बजेट विनियोजन गरेको छ ।

दूध सङ्कलन केन्द्र तथा सामग्री स्थापना कार्यक्रमका लागि समूह सहकारीबाट आवेदन माग गरिएको पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले बताए ।

यसअघिका वर्षमा गाउँपालिकाले कृत्रिम गर्भाधानबाट जन्मिएका गाईको बाच्छाबाच्छी र भैँसीका पाडापाडी हुर्काउने कृषकलाई पशुको सुत्केरी भत्ता, गोठ र बाख्राको खोर सुधारमा अनुदान दिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया