औपचारिक कार्यक्रमका पुराना ढर्रा त्यागौँ : सांसद पौडेल « Khabarhub

औपचारिक कार्यक्रमका पुराना ढर्रा त्यागौँ : सांसद पौडेल


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सांसद डा. बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गरेकी छिन् ।

मङ्गलबार प्रेस काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै फरक शैली अपनाएको भन्दै प्रशंसा गरेकी हुन् ।

उक्त कार्यक्रममा सहभागी वक्ता सांसदहरु, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान ढङ्गले राखिएको थियो ।

खासगरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता बढी राखी विषयवस्तुमा कम छलफल हुने गरेको भन्दै उनले सबैले छरितो ढङ्गले कार्यक्रम गर्नुपर्ने सुझाव दिइन् ।

‘यहाँ मैले कुनै मञ्च पनि देखिनँ, कुनै प्रमुख अतिथि र अतिथिहरूको लावालस्कर पनि देखिनँ । बोल्ने र सुझाव दिने सबै बराबरी र आमनेसामने पाएँ । हामी सबैले यस्तै गरौँ, पुरानो ढर्रा त्यागौँ ।’ उक्त कार्यक्रममा सांसद पौडेलले भनिन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतम, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ४१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल