काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु, २२ जना घाइते (अपडेट) « Khabarhub

काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु, २२ जना घाइते (अपडेट)


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जनाको मृत्यु छ, भने कम्तीमा २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेकाे  शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

बेथानचोक– ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो । बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको प्रहरीले बताएको छ ।

बसमा सवार कति थिए भन्ने यकिन भएको छैन । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार जारी राखेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार