युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह « Khabarhub

युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुगेका बम बिना कसुर जेलमा बस्नुपरेको जानकारी दिएको हो । विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम युएईको एक कम्पनीमा सवारी चालकका रूपमा पुगेका थिए । सोही क्रममा उन जेल परेका हुन् ।

उनी निर्दोष रहेको भन्दै विभिन्न प्रयास भए पनि सबै असफल भएको अभियानको गुनासो छ । अभियानले सरकारले पहल नगरेकाले बमलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको टिप्पणी गरेको छ ।

कामको सिलसिलामा भारत पुगेको दार्चुलाका बमलाई भारतीय दुई नगारिकले जालझेलमा पारी युएई पु¥याएको अभियानले जनाएको छ । जेलमा रहेका अमरलाई स्वदेश फर्काउन पहल थालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताए । प्रसाईंले आफूले बमको रिहाइका लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया