‘कानुनी शासनको बहस कम हुन थाल्यो’ « Khabarhub

‘कानुनी शासनको बहस कम हुन थाल्यो’


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन बनाउने संसद्मा नै कानुनी शासनको बहस कम हुन थालेको टिप्पणी गरेका छन् । कानूनी शासन केन्द्रले काठमाडौँमा आज आयोजना गरेको ‘कानुनी शासनको प्रवद्र्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवादमा उले कानुनी शासनको पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए ।

“जब महत्वपूर्ण विधेयकको पालो आउँछ, त्यही बेला नियम निलम्बन गरेर बिना छलफल पास गरिन्छ, त्यो त कानुनी शासनका बारेमा बहस गर्ने संस्था हो”, उनले भने, “संसद् भनेको कानुन बनाउँदा वृहत छलफल गर्ने ठाउँ हो, छलफल नै नगरी बहुमतले ल्याएको कानुनले राष्ट्र र समाज राम्रो हुँदैन ।”

नेपाल कांग्रे्रेसका नेता डा मिनेन्द्र रिजालले गलत तरिकाले कानुन बनाउन र अध्यादेश ल्याउन खोजीमा इमानदार भएर देश र जनतालाई सम्झेर रोक्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) नेता खिमलाल देवकोटाले कानुन बनाउने ठाउँमा पुगेका सांसद क्षमतावान हुनुपर्ने र त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुराको हेक्का राख्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल