समन्वय, सहकार्यबाटै सङ्घीयता मजबुत : मुख्यमन्त्री पोखरेल « Khabarhub

समन्वय, सहकार्यबाटै सङ्घीयता मजबुत : मुख्यमन्त्री पोखरेल


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास व्यक्त गरेका छन् । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, स्थानीय तथा आमनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्रदेश र जिल्लास्तरीय सुरक्षा प्रमुखहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले स्थानीय र सङ्घीय र प्रदेशस्तरका चुनाव एकै चरणमा सम्पन्न गरेर नेपालले उदाहरण पेस गरेको बताए।

सुरक्षा निकायको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले नवौँ राष्ट्रिय खेलकुद गराउने जिम्मा पोखराले पाएको र त्यसलाई पनि सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार र जिल्लाले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । नागरिकस्तरबाट भएका आन्दोलनबाट प्राप्त व्यवस्थालाई सुदृढ बनाउने जिम्मा कर्मचारीतन्त्र र सुरक्षा निकायको रहेको बताउँदै उनले प्राप्त जिम्मेवारी उत्कृष्टरुपमा कार्यसम्पादन गरेको भन्दै प्रशंसा गरे ।

सङ्घीयता प्राप्तिपछि नागरिकले अभिमतमार्फत सरकार निर्माणका लागि प्रयोग गरेको यो दोस्रो अवसर हो भन्दै उनले लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै आवधिक निर्वाचन रहेको उल्लेख गरे। सो अवसरमा मुख्यमन्त्रीले नेपाली सेनाको पश्चिम पृतनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखलाई सम्मान गरे । त्यस्तै ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखलाई कदरपत्र प्रदान गरिएको थियो । प्रदेश भित्रका सुरक्षा निकायका अन्य कार्यालयका प्रमुखलाई पनि कदरपत्र प्रदान गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए ।

कार्यक्रममा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले नागरिकको मतदान गर्ने अधिकार प्रयोग गर्न सुरक्षा निकायले सहज वातावरण मिलाएको भन्दै प्रशंसा गरे। आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले सीमित स्रोत साधनका बीच पनि सुरक्षा निकायले प्रभावकारी कार्यसम्पादन गरेको बताए। प्रदेशसँग समन्वय गरी तीन ठूला राष्ट्रिय महाअभियान सम्पन्न गरेकामा प्रदेश सरकारले सम्मानस्वरुप कदरपत्र प्रदान गरेको उनले बताए ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ०५ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला